|  

'भ्वाइस अफ अमेरिका' बन्द गर्ने ट्रम्पको घोषणा

४ चैत्र, काठमाडौं ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘भ्वाइस अफ अमेरिका’लाई बन्द गरिदिएका छन् ।

सरकारद्वारा सञ्चालित समाचार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेको स्रोतले जनाएको छ ।

यो समाचार संस्थाले ट्रम्प विरोधी र उग्र गतिविधि गरिरहेको आरोप लगाइएको छ । ट्याक्सबाट चल्ने संस्थाहरू कट्टरपन्थी प्रचारका लागि जिम्मेवार नहुने ट्रम्प प्रशासनको भनाइ छ ।

दोस्रो विश्वयुद्धका बेला सन् १९४२ मा अमेरिकाले रेडियो सेवामार्फत भ्वाइस अफ अमेरिकाको सुरुवात गरेको थियो । उक्त संस्थामा १ हजार ३ सय कर्मचारीहरू रहेको बताइएको छ।