४ चैत्र, काठमाडौं । मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाडिमा सवार १७ जनामध्ये ४ जना यात्रु घाइते भएको र उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पातालमा पठाइएको छ । घाइते सबै भारतीय नागरिक रहेका छन् ।