|  

अन्तरिक्ष केन्द्र पुग्यो सुनिता र विल्मोर लिन गएको क्रू–१० टिम

४ चैत्र, काठमाडौं ।  अन्तरिक्षमा फसेका सुनिता विलियम्स र बैरी विल्मोरलाई पृथ्वीमा फर्काउन नासाको क्रू–१० टिम अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)पुगेको छ।

टोलीमा नासाका एनी म्याकक्लेन र निकोल एयर्स, जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सीका ताकुया ओनिशी तथा रसियाको अन्तरिक्ष संस्था रोसकोस्मसका अन्तरिक्षयात्री किरिल पेस्कोभ सम्मिलित छन्।

स्पेसक्राफ्ट ‘क्रू ड्र्यागन’ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रसँग सम्पर्कमा पुगिसकेको छ ।सुनिता विलियम्स र बैरी विल्मोर करिब नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अड्किएका छन्।

उनीहरूले ५ जून २०२४ मा स्टारलाइनर अन्तरिक्षयानमार्फत परीक्षण मिसनका लागि उडान भरेका थिए।

तर, आठ दिनपछि फर्किनुपर्ने निर्धारित योजना स्टारलाइनर अन्तरिक्षयानमा प्राविधिक समस्या उत्पन्न भएपछि अवरुद्ध बन्यो । उक्त यानमा आईएसएस नजिक पुगेपछि समस्या देखिएको थियो ।

 

 

 

 

All the hugs. 🫶

The hatch of the SpaceX Dragon spacecraft opened March 16 at 1:35 a.m. ET and the members of Crew-10 entered the @Space_Station with the rest of their excited Expedition 72 crew. pic.twitter.com/mnUddqPqfr

— NASA's Johnson Space Center (@NASA_Johnson) March 16, 2025