४ चैत्र, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्टहरूलाई जीवनभर सेवा सुविधा दिने कानुन बनाउने तयारी सरकारले गरिरहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिँदै राज्यकोषमा अनावश्यक भार नपर्ने गरी पूर्व विशिष्टहरूलाई सुविधा दिने कानुन बनाउन लागिएको जानकारी दिए ।
उनले सर्वोच्च अदालत, महालेखा परीक्षकको कार्यालय र संसद्को समितिले दिएका निर्देशनलाई पालना गरी कानुन बनाउने तयारी अगाडि बढाउन थालिएको जानकारी दिए ।