|  

रामेछापको लिखु तामाकोसी गाउँपालिकामा गाडी दुर्घटना, ८ जना घाइते

४ चैत्र, काठमाडौं ।  रामेछापमा फोर्स गाडी दुर्घटना भएको छ ।

लिखु तामाकोसी गाउँपालिका वडा न ६ खिम्ती छ्तउ्ने खोला नजिक भारतीय आर जे १४ टि डि ८६८७ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा ८ जना घाइते भएका छन् ।उक्त फोर्स गाडी रामेछाप गोकुलगंगा गाउँपालिका वडा ४ बेताली बाट भारतको जयपुर जाँदै थियो ।

गाडी ब्रेकको फेल भई सडकबाट करिब ५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइतेको मन्थली अस्पतालमा उपचार भैरहेको छ ।