४ चैत्र, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपल्ट राष्ट्रपतिको कार्यभार सम्हालेको ५६ दिनमा अमेरिकाले ४३ नेपालीलाई ‘डिपोर्ट’ गरेको छ ।
ट्रम्पले सन् २०२५ जनवरी २० का दिन अमेरिकी राष्ट्रपति पदको शपथ लिएका थिए ।राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आप्रवासी नीतिमा कडाइ गरेका थिए । अमेरिकामा अवैध प्रवेश गरेका र रहेकालाई डिपोर्ट गर्ने घोषणा ट्रम्पले आफ्नो चुनावी अभियानकै क्रममा गरेका थिए ।
उनले राष्ट्रपतिको शपथ लिएपछि ट्रम्प प्रशासनले निष्कासन गरिने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको थियो ।
सोहीअनुसार अमेरिकामा अवैध रूपमा रहेका नेपालीसहितका विदेशीलाई डिपोर्ट गरिँदै छ ।सन् २०२४ मा विभिन्न देशले एक हजार २२८ नेपालीलाई डिपोर्ट गरेका थिए । उक्त वर्ष अमेरिकाले ३५ नेपालीलाई डिपोर्ट गरेको थियो ।