४ चैत्र, काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्री गाउँका स्थानीयले परम्पराका नाममा एउटा गाईमाथि ढुंगा र लठ्ठीले हानेर क्रुर व्यवहार गरेको युवाको खोजीमा प्रहरी परिचालन भएको छ ।
बाजुराका प्रहरी प्रमुख डिएसपी दिलीपकुमार गिरीले गाईलाई निर्मम रूपमा कुटपिट गर्दै कर्णाली नदी पार गराउन खोज्ने समूहको पहिचान भइसकेको हुँदा खोजीका लागि प्रहरी परिचालन गरिसकेको बताए । घटनास्थल प्रहरी कार्यालयदेखि झन्डै पाँच घण्टाको दुरीमा रहेको हुँदा प्रहरी पुग्न केही समय लाग्न सक्ने उनले बताए ।
त्यहाँ मलामी त एक डेढ सयको संख्यामा हो भन्ने छ,’ उनले भने, ‘गाईलाई ढुंगाले हान्नेहरू आठदेखि नौ जना देखिएका छन् र तीमध्ये चार पाँच जना पहिचान भइसकेका छन्।’ती व्यक्तिहरू गाउँ घरतिरै रहेको भन्ने खुलेको हुँदा प्रहरी परिचालन गरिएको उनले बताए।