४ चैत्र, काठमाडौं । यमनका हुथी विद्रोही लक्षित अमेरिकाको पछिल्लो आक्रमणबाट ५३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँच बालबालिकाहरु पनि छन् । हुथी विद्रोहीहरुका अनुसार सोमबार बिहान अल जौफ र हुदैदाह क्षेत्रमा अमेरिकाले हवाई आक्रमण गरेको थियो । अमेरिकाले शनिबार पनि हुथी विद्रोहीहरुलाई लक्षित गरी आक्रमण गरेको थियो ।
हुथी विद्रोहीले रेड सीमा आक्रमणलाई गरेपछि त्यसलाई रोक्ने उद्देश्यले अमेरिकाले उनीहरुविरुद्ध आक्रमण गरेको बताइन्छ । हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल–असबाहीले एक्स पहिले ट्विटर मा लेख्दै मृतकको संख्या ५३ पुगेको र तीमध्ये पाँच बालबालिका र दुई महिला रहेको जनाएका छन् ।
साथै, ९८ जना घाइते भएका उनले उल्लेख गरेका छन् ।अमेरिकी रक्षा सचिव पिट हेगसेथले हुथी आक्रमण नरोकिएसम्म क्षेप्यास्त्र आक्रमण जारी रहने बताएका छन् ।