|  

भोजपुरमा बाँदर आतंकले स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत !

०४ चैत, काठमाडौं । बाँदरको आतंकले भोजपुरको मानेभञ्याङका स्थानीयले गाउँ नै छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ ।

डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब १ सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको हो । मुख्य रूपमा बाँदर र पानीको समस्याले बसाइँसराइ बढ्दा अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिय बस्ती खालीझै बनेको छ । साविकको वडा नं ८ र ९ पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको हारहारीमा मानिसहरूले गाउँ छाडेर अन्यत्र गइसकेका छन् । सबैले छाडेको बस्तीमा बस्दा जीवन निर्वाह गर्न निकै कठिन रहेको स्थानीयहरुको गुनासो छ । बाँदरका कारण नै धेरै किसानलाई समस्या रहेका छन् ।