|  

सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग !

०४ चैत, काठमाडौं । सांसदहरूले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन ।

आज राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजालले गत साउनमा दुर्घटना भएको सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे । उनले जहाज दुर्घटना भएको आठ महिना वितिसक्दा पनि छानबिन गरेर प्रतिवेदन तयार गर्न नसकेको भन्दै ज्यान गुमाउने मृतकका आफन्तले छानबिनको माग गरिरहेको स्मरण गराए । 

सोही क्रममा सांसद रेणु चन्दले सौर्य एयरलाइन्सको दुर्घटनासम्बन्धमा सत्यतथ्य छानबिन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएकी छन् ।