०४ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको दाबी गरेका छन् ।
उनले देशमा भएका विकास निर्माणका कामका बारेमा सन्देश प्रवाह गरी ‘केही काम भएको छैन’ भन्ने नकारात्मक भाष्यलाई चिर्नु आवश्यक भएको उल्लेख गर्दै यस्तो बताएका हुन् । देशमा भएका कामका बारेमा जनतामा जानकारी गराउनु जरुरी रहेकोमा जोड दिए ।