|  

सरकारमा आउन रुचि भएकाले सरकार परिवर्तनको हल्ला चलाएः प्रमुख सचेतक बर्तौला

०४ चैत, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन ।

आज संसद भवन भित्र सञ्चारकर्मीसँग कुरा गर्दै उनले ठूला दुई दलका साथै अन्य केही दल मिलेर बनेको वर्तमान सरकार नै राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार भएकाले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका हुन । उनले सरकार परिवर्तन वा कुनै दललाई सरकारमा भित्राउने वा बाहिर पठाउने भन्ने विषयमा समेत कुनै बैठक नभएको धारणा राखे । सरकारमा आउन रुचि भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ । उनले अहिलेको सरकार सहज ढंगले अघि बढिरहेको र यही सरकारले निरन्तरता पाउने जिकिर गरे ।