|  

भ्रष्टाचारीको सम्पत्ति छानविन गरी राष्ट्रियकरण गरौँः जनार्दन शर्मा

४ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१ माथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले सुशासनको लागि नेतृत्वले जनताको विश्वास जित्नु पर्ने बताए।

उनले भ्रष्टाचारमा संलग्न भएका राजनीतिक नेतृत्वको सम्पति छानबिन गरेर राष्ट्रियकरण गर्नुपर्ने बताए। संवैधानिक आयोगहरूले गर्ने काम कारबाही पारदर्शी हुनुपर्ने उनको भनाइ छ। 

उपमहासचिव शर्माले नेतृत्वलाई खबरदारी गर्दै जनताको निर्देशनमा चल्नसक्ने शासन प्रणाली र संस्कारको आवश्यक भएको बताए। कानुनमा भएका दोहोरो अर्थ लाग्ने विषयलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ।