०४ चैत, काठमाडौं । चन्द्रमाको दक्षिणी ध्रुवमा रोभर अवतरण गरेर भारतले इतिहास रचिसकेको छ ।
विश्वभरका देशहरू भारतको उपलब्धि दोहोर्याउन खोजिरहेका बेला भारतको अन्तरिक्ष अन्वेषण एजेन्सी ईसरो अब चन्द्रमामा आफ्नो नयाँ अभियानको तयारीमा व्यस्त छ । यसै सन्दर्भमा केन्द्र सरकारले आइतबार भारतको चन्द्रयान-५ अभियानलाई अनुमोदन गरेको छ । चन्द्रयान-५ मिसन २०२८-२९ सम्ममा प्रक्षेपण गर्न सकिने बताइएको छ । यसको ठ्याक्कै मिति आगामी चरणहरू पूरा भएपछि घोषणा गरिन बताइएको छ । चन्द्रयान-५ ईसरो र जापानी अन्तरिक्ष अन्वेषण एजेन्सी जासाको संयुक्त कार्यक्रम हुनेछ । यो मिशनलाई लूनर पोलर एक्सप्लोरेशन (लुपेक्स) नाम दिइएको छ । चन्द्रयानका पुराना सबै मिसनको तुलनामा ५ ले निकै लामो समयसम्म काम गर्ने बताइएको छ ।