|  

मन्त्रिपरिषद् बैठक जारी, आईजीपी नियुक्तिबारे छलफल

४ चैत, काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

आजको बैठक नियमित हो । आजको बैठकबाट नेपाल प्रहरीमा आज रातिबाट रिक्त हुने प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिबारे निर्णय हुने स्रोतको भनाइ छ । 

स्रोतका अनुसार एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् ।

नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदैछन् ।