४ चैत, काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोट खेलका लागि १८ सदस्यीय टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नरेन भट्टको कप्तानीमा यू १९ टिम घोषणा गरेको हो ।
नेपालमा अप्रिल १२ देखि २१ सम्म हुने छनोट खेलका लागि टिम घोषणा गरिएको हो । टिममा एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सुर्खेतका विपिन शर्मासमेत समेटिएका छन् ।
क्याननिकट स्रोतले यी १८ जनामध्येबाट १४ सदस्यीय टिम घोषणा हुने जनाएको छ ।