४ चैत, काठमाडौं । जनताको अपेक्षा र आकांक्षाअनुरूप राजनीतिक दलले नतिजा दिन नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बताएका छन्।
विराटनगरस्थित निवासमा सोमबार पत्रकारसँग नेता कोइरालाले जनताको आकांक्षा र खोजेको कुरा दिन नसकेको हुँदा दलप्रति वितृष्णा पैदा भएको बताए।
पूर्वराजा शाहको पुनरागमनबारे सोधिएको प्रश्नमा उनले भने, ‘बागमतीमा धेरै पानी बगिसक्यो। मलाई चाहिँ लाग्दैन। राजा फर्कनुहुन्छ भन्ने। तर, कोसिस जहाँ पनि हुन्छ।’
कांग्रेस र राजाको मिल्ने भन्ने कुरा महत्वपूर्ण नभएको बताउँदै उनले इतिहासमै पनि कांग्रेसलाई दबाउन कम्युनिष्टलाई प्रयोग गरेको कुरा बिर्सन नहुने बताए।
अर्को सन्दर्भमा आवधिक निर्वाचनको तयारीमा दलको तयारी सुरु भएको उनले बताए। उनले भने, ‘म सरकारमा छु। तर सत्ता छैन। एमाले हाम्रो भोलिका प्रतिस्पर्धी हो। त्यो स्विकार्नुपर्छ। सोहीअनुरुप यो सरकारले गर्ने कामको हामीले खबरदारी गर्नुपर्छ। त्यो गर्न सक्नु भएन हामी पछि पर्छांै। सरकारमा रहनेहरूले सहकार्य गर्ने र बाहिर रहनेले प्रतिस्पर्धा गर्ने उनको भनाइ छ।