|  

शरणार्थी प्रकरण : बेचन झाको बन्दीप्रत्यक्षीकरण रिट खारेज

४ चैत, काठमाडौं ।  सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेको बेचन झाको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले सोमबार सो रिट राखेज गरिदिएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा उनको पनि संलग्नता रहेको आरोपमा प्रहरीले झालाई गत असार १३ गते पक्राउ गरेको थियो । उनीविरुद्ध विभिन्न ४ वटा कसुरमा मुद्दा दायर भइसकेको छ ।

झाले गत माघ २ गते थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।