|  

अछाम केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प

५ चैत्र, काठमाडौं । अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का अछाम र आसपास क्षेत्रमा महसुस भएको केन्द्रले जनाएको छ।