५ चैत्र, काठमाडौं । साढे २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित १० हप्ता चार्टर उडान हुने भएको छ । आजदेखि पोखरा–छेङ्दु रुटमा व्यावसायिक चार्टर उडान हुन लागेको हो ।
सिचुवान एयरलाइन्सले १० हप्तासम्म उडान भर्ने गरी तयारी गरेको छ । आज १२७ चिनियाँ पर्यटक लिएर उक्त जहाज पोखरा अवतरण गर्नेछ । सोही जहाज चढेर पोखराका पर्यटन व्यवसायीहरू छेङ्दु उड्नेछन् ।