५ चैत्र, काठमाडौं । तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगर रहेका छन् । गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए ।