|  

कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

५ चैत्र, काठमाडौं ।  नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज बस्दै छ ।

बैठक दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, राजसंस्था पक्षधरहरुको प्रदर्शनको सन्दर्भमा गणतन्त्रवादीहरुको भूमिकाबारे छलफल हुने बताइएको छ ।