|  

पोखरामा वडाध्यक्षमाथि रड प्रहार गर्ने गिरी पक्राउ

५ चैत्र, काठमाडौं ।  पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भूपेन्द्र गिरी  रहेका छन् । शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका सुवेदी र वडा सदस्य विमला केसीलाई संरचना निर्माण गराएका  गिरीले रड प्रहार गरेका थिए  ।

घटनाको २ दिनपछि गिरीलाई थप अनुसन्धानको लागि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासनबाट ७ दिन म्याद थपेर अनुसन्धान थालिएको छ ।