|  

काठमाडौंबाट २५ करोड रकमसहित दुईजना पक्राउ

५ चैत्र, काठमाडौं । नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा बरामद गरेको छ । २५ करोड रुपैयाँबराबर रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त ट्रकका चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत छन् ।