|  

१०० मत खसेपछि पाटन क्याम्पसमा रोकियो मतदान

५ चैत्र, काठमाडौं । पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि स्ववियुको मतदान रोकिएको छ ।

मतदाता कार्डमा विवाद भएपछि चुनाव रोकिएको स्रोतले जनाएको छ । आधा घण्टाअघि मतदान रोकिएको हो ।

अहिले मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, संगठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको छ ।