५ चैत्र, काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ११ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँ थियो । यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो ।
यता आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।