|  

नवनियुक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान

५ चैत्र, काठमाडौं ।  नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी)दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

मंगलबार बिहान गृह मन्त्रालयमा एक समारोहका बीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१औँ आईजीपी बनेका छन् ।