|  

दार्चुलामा बाख्रा चराउन गएका वृद्धको भीरबाट लडेर मृ#त्यु

५ चैत्र, काठमाडौं । दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौगाड गाउँपालिका–२ सुण्डमुण्डका ६४ वर्षीय नरबहादुर ठगुन्ना रहेका छन् । सोमबार दिउँसोतिर भैसेमेला वनमा बाख्रा चराउन गएका ठगुन्नाको भीरबाट लडेर मृत्यु भएको हो ।

 बाख्रा चराउन गएका उनी अबेर रातिसम्म घर नर्फिएपछि स्थानीयले खोजी गर्दा आज बिहान मृत अवस्थामा फेला पारेको हो।