|  

बाबुरामले दिए ओली, देउवा र प्रचण्डलाई छोटे राजाको संज्ञा !

०५ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले कांग्रेस, एमाले र माओवादीको नेतृत्वलाई छोटे राजाहरुको संज्ञा दिएका छन् ।

थापाले फेशबुकमा लेख्दै उनीहरुको भ्रष्ट र अलोकतान्त्रिक हर्कतबाट जनता वाक्कदिक्क भएको बताए । उनले मृत राजतन्त्र ब्यूँताउन खोज्नेहरुको पछि लाग्नु भनेको कराईबाट उम्केको माछो पूनः भुंग्रोमा खस्नुजस्तै भएको पनि टिप्पणी गरेका छन । अहिले देशको समस्याको समाधानको लागि राष्ट्रिय सहमति कायम गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद्को व्यवस्था गर्न संविधान संशोधन गर्नु भएको आवश्यकता औंल्याए ।