५ चैत्र, काठमाडौं । १२८ चिनियाँ पर्यटक लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
आजदेखि पोखरा– छेन्दु रुटमा नियमित व्यावसायिक १० हप्ता चार्टर उडान हुने तालिकाअनुसार पहिलो दिन सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
पोखरा अवतरण भएको जहाज मार्फत नेपालबाट १२० बढी यात्रु लिएर छेन्दु उड्नेछन् ।