|  

मध्य र दक्षिणी गाजामा इजरायली हवाई आक्रमणमा ८ जनाको मृत्यु

५ चैत, काठमाडौं । प्यालेस्टिनी स्रोतहरूकाअनुसार मध्य र दक्षिणी गाजामा इजरायली हवाई आक्रमणको श्रृंखलामा सोमवार आठ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् । देइर अल–बलाहको अल–अक्सा अस्पतालले तीन युवाहरूको शव फेला परेको छ । तीन जना घाइतेहरूको उपचार भइरहेको छ । अल–बुरेइजको पूर्वी क्षेत्रलाई लक्षित गर्दै इजरायली गोलाबारीबाट दुई जनाको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन् । 

इजरायली सेनाले जनवरीमा इजरायल र हमास बीच भएको चरणवद्ध युद्धविराम सम्झौताको स्थायित्वको बारेमा अनिश्चितताको बीचमा हालै गाजामा हवाई हमलाहरू तिब्र पारेको छ । सम्झौताको पहिलो ६ हप्ताको चरण मार्च १ मा समाप्त भएको थियो । दोस्रो चरणको वार्ता अझै रोकिएको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूबाट सोमवार जारी विज्ञप्तिअनुसार अक्टोबर ७, २०२३ मा द्वन्द्व शुरु भएदेखि गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ४८ हजार ५ सय ७७ पुगेको छ भने अन्य १ लाख १२ हजार ४१ जना घाइते भएका छन् ।