|  

मोदीले खोले ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा खाता

०५ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसियलमा खाता खोलेका छन ।

खाता खोलेलगत्तैको पहिलो पोस्टमा मोदीले सन २०१९ को अमेरिकी भ्रमणका क्रममा टेक्सास राज्यको ह्युस्टनमा ट्रम्पसँग खिचेको तस्बिर सार्वजनिक गरेका छन् । उक्त पोस्टमा मोदीले ट्रुथ सोसियल प्लाटफर्ममा जोडिन पाउँदा ‘खुशी’ लागेको उल्लेख गरेका छन । जो बाइडेनसँग राष्ट्रपतीय चुनाव हारेपछि ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाउँदै ट्विटर (हाल एक्स) र फेसबुक जस्ता प्रमुख सामाजिक सञ्जालहरूले अस्थायी रूपमा प्रतिबन्ध लगाएका थिए । त्यसलगत्तै ट्रम्पले फेब्रुअरी २०२२ मा आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसियल सुरू गरेका हुन । प्रयोगका हिसाबले ट्रुथ सोसियल धेरै हदसम्म एक्स जस्तै छ । प्रयोगकर्ताहरूले ‘सत्य वा सत्य पोस्ट गर्न र प्रत्यक्ष सन्देशहरू पठाउन सक्छन । प्लाटफर्ममा विज्ञापनहरूलाई प्रायोजित सत्य भनिन्छ । ट्रुथ सोसियल ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी) को स्वामित्वमा छ । ट्रम्पले मार्च २०२४ मा पब्लिक कम्पनीमा रुपान्तरण गरे । कम्पनीमा हाल उनको करिब ५७ प्रतिशत शेयर स्वामित्व छ ।