०५ चैत, काठमाडाैं । मधेस प्रदेश सरकारले एसइईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको घोषणा गरेको छ ।
चैत ७ गते अर्थात बिहीबारदेखि सुरु हुन लागेको परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै परीक्षा प्रक्रियाबाट प्रदेश सरकार बाहिरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षामन्त्री रानी शर्मा तिवारीले पत्रकार सम्मेलन गर्दै परीक्षा प्रक्रियाबाट बाहिरिएको बताएका छन् । प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिएकोमा शिक्षा समन्वय इकाईलगायत शैक्षिक संस्थाहरूले नमानेपछि सरकार बाहिरिएको हो ।