|  

माओवादीको तराई-मधेश जागरण अभियान बिहिबारबाट सुरु हुँदै

०५ चैत, काठमाडौं । नेकपा माओवादीको पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियान पुनः चैत ७ गतेबाट सुरु हुने भएको छ ।

राजावादीहरूको सक्रियता बढेपछि रोकिएको उक्त अभियानालाई पूर्वनिर्धारित कार्य तालिकामा फेरबदल गरेर अगाडि बढाउन लागिएको हो । रोकिएको अभियान ७ गते बाराबाट सुरु हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार ७ गते बारा, ८ गते पर्सा र ९ गते चितवनमा अभियान सकेर नेताहरू काठमाडौँ फर्किनेछन । काठमाडौँमा राजावादीहरूलाई काउन्टर दिन समाजवादी मोर्चाको तर्फबाट काठमाडौंमा चैत १५ गते विरोध सभा गर्दैछ । अभियानका लागि भोलि अध्यक्ष ‘प्रचण्ड’ सहित शीर्ष नेताहरू बारा जाँदैछन् । माओवादीले फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको थियो।