|  

स्ववियु निर्वाचनः पाेखराकाे पृथ्वीनारायण क्याम्पसमा राेकिएकाे मतदान भाेलि हुने

०५ चैत, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि छापिएको मतपत्रमा त्रुटि भएपछि विवादित बनेको पृथ्वीनारायण क्याम्पस (पीएन) पोखरामा भोलि मतदान हुने भएको छ ।

निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि मतदान गर्ने जानकारी दिएको हो । त्रुटि भएको मतपत्र रद्द गरी नयाँ छपाइ गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान सुरु गर्न नसकिएको हुँदा ६ चैत बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिएका छन् । उनले मतदात प्रक्रियालाई सहयोग गरिदिन पनि विद्यार्थी संघ, संगठनलाई आग्रह गरेका छन् ।