०५ चैत, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक जारी छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनमा पार्टीको तर्फबाट प्रभावकारी प्रस्तुतिका विषयमा छलफल गरिने भएको छ । पछिल्लो समयमा राजावादीहरूको बढ्दो सक्रियता र त्यसबारे पार्टीको आगामी रणनीतिबारे पनि कुराकानी हुने नेताहरूले बताएका छन् ।