०५ चैत,काठमाडौं । मोरङमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको धनपालथान गाउँपालिका-६ को कदमा गाउँमा आज दिउँसो आगलागी हुँदा ४ वर्षीया रेश्मा खातुनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । आगलागीमा परी ९ वटा घर जलेका छन् । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।