०५ चैत, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीले प्रदेशले गण्डकी प्रदेशलाई ६९ रनले हराएको छ ।
सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रन बनाउँदै अलआउट भएको हो । त्यसअघि ब्याटिङ गर्दै बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८८ रन बनाएको थियो । गण्डकीले ५ खेलबाट १ मात्र जित दर्ता गरेको छ । बागमतीले भने दोस्रो जितसहित अंक तालिकामा केही राहत महसुस गर्दै ४ अंक जोडेको छ ।