|  

स्ववियु निर्वाचनः रामेछापकाे मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसमा मतदान सम्पन्न

०५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’ को नेतृत्व चयनका लागि देशभरी नै मतदान जारी छ । 

रामेछापको सदमुकाम मन्थली स्थित शहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा मतदान सम्पन्न भएको छ । देशका केही क्याम्पसमा तालाबन्दी, आन्तरिक विवाद लगायतले निर्वाचन स्थगित भइरहे पनि यो क्याम्पसमा भने शान्तिपुर्ण तरिकाले स्ववियु निर्वाचन सम्पन्न भएको छ । यस क्याम्पसमा विगतका वर्षहरुमा पनि शान्तिपुर्ण तरिकाले निर्वाचन हुँदै आएको छ ।  निर्वाचनमा ५ सय ३१ मतदातामध्ये ४ सय २७ मतदाताले मतदान गरेका छन् ।

आजै मतगणना कार्य पनि सुरु गर्ने तयारी गरिएकाे उक्त क्याम्पसमा अध्ययनरत छात्रा शर्मिला विसुन्केले जानकारी दिएकी छन् ।