|  

पृथ्वीमा फर्किए नौ महिना अन्तरिक्षमा बिताएका सुनिता र बुच  

६ चैत्र, काठमाडौं ।  अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलियम्स पृथ्वीमा फर्किएका छन् ।

स्पेसएक्सको अन्तरिक्ष यानले उनीहरुलाई पृथ्वीमा फर्काएको हो । गत आइतबार संयुक्त राज्य अमेरिका, जापान र रुसको प्रतिनिधित्व गर्दै चार नयाँ अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुगेका थिए । सुनिता र बुच नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका थिए ।

उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । आठ दिनको मिसनमा रहेका दुवै जना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेशनमै बस्नु परेको थियो ।