|  

ट्रम्प र पुटिनबीच २ घण्टा फोनवार्ता, ३० दिन युद्धविराम गर्ने ट्रम्पको प्रस्तावमा पुटिनले गरे अस्वीकार

६ चैत्र, काठमाडौं ।   रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्न अस्वीकार गरेका छन् ।

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग लामो फोनवार्तामा पुटिनले युक्रेनमा ३० दिनसम्म युद्धविराम गर्ने उनको प्रस्तावलाई अस्वीकार गरेका स्रोतले जनाएको छ ।

ट्रम्प र पुटिनबीच मंगलबार झन्डै २ घण्टा कुराकानी भएको थियो । पुटिनले सम्पूर्ण रूपमा युद्धविराम नहुने बरू ३० दिनसम्म युक्रेनको उर्जा क्षेत्रमा आक्रमण नगर्ने बताएको स्रोतले जनाएको छ। ट्रम्पसँगको कुराकानीपछि पुटिनले रूसी सेनालाई युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न निर्देशन पनि दिएका छन्।

टेलिफोन वार्तापछि ट्रम्पले भने सकारात्मक छलफल भएको भनेका छन् ।‘हामीले झन्डै २ घन्टा कुराकानी गर्‍यौं। धेरै राम्रो कुराकानी भयो,’ ट्रम्पले एक अन्तर्वार्तामा भनेका छन्।ट्रम्पले युक्रेनमा ३० दिनको अस्थायी युद्धविरामको प्रस्तावमा युक्रेनलाई सहमत गराइसकेका थिए। पुटिनसँगको कुराकानीअघि रूस पनि त्यसमा सहमत हुनेमा उनी उत्साहित थिए।