६ चैत्र, काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न दुई समितिको बैठक बस्दैछ ।
जस अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफा ९ र ७२ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै बिहान पौने ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शहरी विकास मन्त्रालयसँग छलफल गर्ने तयारी छ । छलफलका लागि उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीलाई बोलाइएको छ ।