६ चैत्र, काठमाडौं । इजरायली हवाई आक्रमणबाट गाजा पट्टीका विभिन्न स्थानमा मारिने प्यालेस्टाइनीको संख्या ४१३ पुगेको छ ।
गाजास्थित स्वास्थ्य अधिकारीका अनुसार आक्रमणमा कम्तीमा ५६२ प्यालेस्टाइनी पनि घाइते भएका छन्। धेरै पीडित अझै पनि भग्नावशेषमा फसेका छन्। उनीहरूको उद्धारको प्रयास भइरहेको स्वास्थ्य अधिकारीहरूले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।
हमासले बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरूको सबै प्रस्ताव अस्वीकार गरेको कारणले आक्रमणहरू पुनः सुरु गरेको इजरायलले जनाएको छ।
हमासले भने जनवरी १९ मा लागू भएको युद्धविरामको इजरायलले उल्लंघन गरेको आरोप लगाएको छ। इजरायललाई सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरूलाई आह्वान पनि गरेको छ।