६ चैत्र, काठमाडौं । काठमाडौं उपत्यकाका पाँच क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् ।
जनप्रशासन क्याम्पस बल्खु, बानेश्वर क्याम्पस बानेश्वर, सानोठिमी क्याम्पस भक्तपुर, जनकपुर इन्जिनियरिङ कलेज भक्तपुर र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका हुन् ।
जनप्रशासन क्याम्पस बल्खुको स्ववियु सभापतिमा अनिकेत तिवारी, बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी, जनकपुर इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा प्रकाश पुडासैनी, सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापतिमा नरेन्द्रसिंह ठगुन्ना र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको स्ववियु सभापतिमा अपार पराजुली विजयी भएका हुन् ।
ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पस र थापाथली इन्जिनियरिङ क्याम्पसका स्ववियु सचिव पदमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । पुल्चोकको स्ववियु सचिवमा दिवस सापकोटा र थापाथलीको स्ववियु सचिवमा जेसिस उपाध्याय विजयी भएका छन् ।