|  

बजेट नभएका कारण अत्यावश्यक औषधिको अभाव 

६ चैत्र, काठमाडौं ।   पाकिस्तानमा अत्यावश्यक औषधिको अभाव देखिएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको बहावल विक्टोरिया अस्पतालमा औषधिको अभाव भएको हो ।

औषधिको अभावका कारण बिरामीहरु मर्कामा परेको स्रोतले जनाएको छ । औषधिको अभावले दूरदराजबाट उपचारका लागि आएका बिरामीहरु निजी फार्मेसीबाट महँगो औषधि किन्न बाध्य भएका छन् ।ट्रिब्युनका अनुसार यो अस्पताल दक्षिणी पञ्जाबकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था हो ।

अस्पतालको बहिरंग विभागमा एन्टिबायोटिक्स, पेरासिटामोल, कफ सिरपजस्ता ५२ वटा अत्यावश्यक औषधिहरू उपलब्ध छैनन् । बजेट नभएका कारण औषधिको अभाव भएको हो ।

अस्पतालले औषधि खरिदका लागि १ अर्ब २५ करोड पाकिस्तानी रुपैयाँ माग गरेकोमा सरकारले केबल ५३ करोड रुपैयाँमात्र उपलब्ध गराएको छ ।