६ चैत्र, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ८०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोलामा १ लाख ७६ रुपैयाँमा कारोबार भइरहेको छ ।
जुन मूल्य हालसम्मकै उच्च हो । बुधबार १० ग्राम छापावाल सुनकै मूल्य १ लाख ५० हजार ८९० रुपैयाँ कायम भएको छ । यता आज चाँदीको मूल्य भने सामान्य घटेको छ ।
आज चाँदी तोलामा ५ रुपैयाँ घटेर २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।