|  

यौन व्यवसायको विषयमा संसद्‌मै माफी माग्न सांसद घिमिरेलाई काँगेस नेताहरुको सुझाव !

०६ चैत, काठमाडौं । काँगेस पदाधिकारीहरुले यौन व्यवसायबारे बोलेको विषयमा संसदमै माफी माग्न प्रमुख सचेतक श्याम कुमार घिमिरेलाई सुझाव दिएका छन् ।

मंगलबार बसेको वर्तमान पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकमा घिमिरेको अभिव्यक्तिले पार्टीलाई नै असर परेको भनेर छलफल भएको थियो । उक्त छलफलमा घिमिरे समेत उपस्थित थिए । छलफलपछि कांग्रेस नेताहरूले घिमिरेलाई संसद्‌मै माफी माग्न भनेका हुन् ।

काँंग्रेस नेतृ इश्वरीदेवी न्यौपानेले पदाधिकारी बैठकमा घिमिरेको अभिव्यक्तिको आलोचना भएको बताइन । उनले यस विषय नारी अस्मिताकै विषय भएकाले यो ठिक नभएको सबैले बैठकमा बताएको जानकारी दिइन । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । उक्त बैठकमा समय लिएरै माफी माग्न कांग्रेस नेताहरूले घिमिरेलाई भनेका छ । गत आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक घिमिरले देशको विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । कांग्रेसको प्रमुख सचेतकको यस्तो भनाइको संसद्‌मै विरोध हुँदै आएको छ ।