|  

नेपाल कम्बोडिया सिधा उडान गर्न कम्बोडिया सरकारसँग मन्त्री पाण्डेको प्रस्ताव

६ चैत्र, काठमाडौं ।  पर्यटनमन्त्री बद्री पाण्डेले नेपाल कम्बोडिया सिधा उडान गर्न कम्बोडिया सरकारसँग प्रस्ताव गरेका छन् ।

कम्बोडिया भ्रमणमा रहेका मन्त्री पाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुवट हकसँग भेट गर्दै नेपाल र कम्बोडियाबीच सिधा उडान गर्न प्रस्ताव राखेका हुन्।भेटमा मन्त्री पाण्डेले दुई देशबीच सिधा उडान भए दुबै देशको पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताए।

जवाफमा मन्त्री हकले नेपाल सिधा उडान गर्न कम्बोडिया इच्छुक रहेको र त्यस विषयमा छिट्टै हुने विमस्टेक बैठकमा गहन तरिकाले छलफल गर्न सकिने बताए।