६ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले मंगलबार चीनको केरुङतर्फ लैजान लागेको २५ करोड अवैध रकमबारे विशेष प्रकारको छानबिन समिति गठन गर्न माग गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले उक्त रकमबारे छानबिनका लागि विशेष प्रकारको छानबिन समिति गठनको माग गरेका हुन् ।
उनले नेपालको इतिहासमै सबैभन्दा ठुलो अवैध रकम बरामद भएको घटनाले सिङ्गो देश तरङ्गित भएको भन्दै यो घटनाले सङ्गठित अपराध र तस्करको जालो कसरी फैलिएको छ भन्ने पुष्टि गरेको बताए ।