|  

एसईई अवधिभर कुनै पनि कार्यक्रम नगर्ने दुर्गेशको घोषणा

६ चैत्र, काठमाडौं । गायक दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् ।

एसईई परीक्षा विद्यार्थी भाइबहिनीको महत्त्वपूर्ण समय भएकोले यस अवधिभर आफूले कुनैपनि कार्यक्रम नगर्ने एक विज्ञप्ति मार्फत उनले घोषणा गरेका हुन् ।

विज्ञप्तिको सुरुमै उनले भनेका छन्, ‘एसईईको परीक्षाको शुभकामना । यस अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु ।’

durgesh thapa